मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री लुटिएको भन्दै नेपाली सेनाले ती सामग्री तत्काल नजिकैको सुरक्षा निकायलाई बुझाउन आग्रह गरेको छ ।

सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा ती हतियार तथा गोलीगठ्ठाको दुरुपयोग भए जनधनको क्षति हुन सक्ने भन्दै संलग्न वा सोबारे जानकारी प्राप्त गर्ने व्यक्तिहरूले सम्बन्धित सुरक्षाकर्मीलाई जानकारी दिन र सामग्री बुझाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीका पोसाकहरूको अनधिकृत प्रयोग नगर्न पनि अनुरोध गर्दछौँ।’ त्यस्तै, हतियार वा गोलीगठ्ठा नभुझाईकन कसैको नियन्त्रणमा फेला परेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि सेनाले दिएको छ ।