
जेन–जी आन्दोलनको बहाना बनाएर कपिलवस्तु कारागारका अधिकांश कैदीबन्दी फरार भएका छन् । ४७० जना कैदीबन्दीमध्ये करिब ३५ जना कारागारमा रहेको र भागेका ३५ जना पक्राउ गरी कारागार ल्याइएको बताएको छ।
३५ जनाबाहेक सबैजना कारागारबाट भागेको थिए । फरार कैदीहरूले कारागारनजिकै रहेको जिल्ला अदालत कपिलवस्तुमा तोडफोड र आगजनीसमेत गरेका छन्, जसबाट भवन, कागजात र उपकरणमो क्षति पुगेको छ ।
फरार कैदीहरूलाई नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले बताएका छन्। उनले भने, ‘सुरक्षा निकायले अहोरात्र नियन्त्रणको प्रयास गरिरहेको छ । फरार कैदीलाई कुनै हालतमा उन्मुक्ति दिइनेछैन । आदेश उल्लंघन वा हिंसात्मक गतिविधि गरे गोली प्रहारसम्मको आदेश दिइएको छ ।’
यसैबिच, जिल्ला सुरक्षा समितिले २४ भदौ राति १० बजेदेखि नेपाली सेनासहितको संयुक्त सुरक्षा गस्ती सुरु गरेको जनाएको छ । समितिले अवाञ्छित गतिविधि गर्ने वा सार्वजनिक सुरक्षामा धावा बोल्ने जो–कोहीमाथि कडा कारबाही गरिने बताएको छ ।