
जेन–जी आन्दोलनको क्रममा भएको जनधनको क्षति नियन्त्रण गर्न मधेशका जिल्लाहरूमा आज पनि कर्फ्युलाई निरन्तरता दिइएको छ। सप्तरी, महोत्तरी, बारा, सर्लाही जिल्ला प्रशासन कार्यालयले बुधबार बिहानै विज्ञप्ति जारी कर्फ्यु लगाएको जानकारी दिएका छन्। बाँकी जिल्लाहरूमा पनि कर्फ्यु लगाउनेबारे छलफल भइरहेको बताइएको छ । धनुषाको सुरक्षा निकायका प्रमुखहरू अहिले छलफलमा रहेको जनाइएको छ।
सुरक्षा कमान्डको जिम्मा नेपाली सेनाले लिएपछि मधेश प्रदेशकाे राजधानी जनकपुरसहित मधेशका सबै जिल्लाका सदरमुकामहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाली सेनाले अनावश्यक बाहिर आवतजावत नगर्न तथा समूहमा बाहिर नआउन र संयमता अपनाउन सबैसँग अपिल गरेका छन्।