मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाराको कलैया र जितपुरसिमरा उपमहानगरपालिकामा कर्फ्यु आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

बारा जिल्लाको कलैया र जितपुरसिमरा उपमहानगरपालिकामा सार्वजनिक शान्ति र सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, बाराले आज मंगलबार दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश लागू गरेको छ। 

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा जारी गरिएको आदेशअनुसार, कलैया र जितपुरसिमरा उपमहानगरपालिकाको चार किलोमिटर क्षेत्रभित्र कुनै पनि व्यक्ति वा समूहले आवतजावत, भेला, जुलुस, प्रदर्शन वा सभा, बैठक गर्न नपाउने व्यवस्था गरिएको छ। 

कर्फ्यु लागू हुने क्षेत्रहरूमा पूर्वतर्फ पासाहा खोला, पश्चिमतर्फ गण्डक नहर, उत्तरतर्फ बडहरवी चौक, दक्षिणतर्फ दुर्गा माध्यमिक विद्यालयसम्मको क्षेत्र तथा गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ दुई सय मिटर क्षेत्र समावेश गरिएको छ। 

प्रशासनले अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पर्यटक, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधनलाई मात्रै कर्फ्यु अवधिमा आवतजावतको अनुमति दिएको छ। साथै, हवाई यात्राका लागि हवाई टिकट देखाएर सुरक्षाकर्मीको सहयोगमा यात्रुहरूले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ। 

जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई आदेशको पूर्ण पालना गर्न अपिल गर्दै कुनै पनि अप्रिय घटना तथा जोखिम नहोस् भन्नका लागि सतर्क रहन आग्रह गरेको छ। यस क्रममा सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालित रहने जनाइएको छ।