मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार o७:१५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सञ्जालबाटै सुरु भएका विश्वका केही चर्चित आन्दोलन : ट्युनिसिया, लिबिया, इजिप्ट र यमनका शासकको सत्ता नै ढल्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार o७:१५:oo

सन् २०१० को दशकको प्रारम्भमा अरब देशहरूमा एकपछि अर्को गरी आन्दोलनको लहर उठ्यो । संयुक्त रूपमा ‘अरब वसन्त’ भनिने यस लहरको बलमा अत्यन्त शक्तिशाली ठानिएको तानाशाही शासक गल्र्यामगुर्लुम ढल्न पुग्यो । यति प्रभावशाली आन्दोलनको जग सामाजिक सञ्जालको आक्रोशबाट सुरु भएको थियो । 

ट्युनिसियाका सरकारी अधिकारीले खोसिदिएको आफ्नो ठेला फिर्ता लिन गएका २६ वर्षीय मोहम्मद बुअजिजीलाई जब अधिकारीले अपमान गरेर फर्काइदिए, उनले घर फर्किनुको साटो सरकारी कार्यालयमा आगो लगाएर आत्मदाह गरे । बुअजिजीले भोगेको अपमान र निराशा सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । दशकौँदेखि दबिएको आक्रोश आगोसरि फैलियो । 

ट्युनिसियाबाट सुरु भएको आन्दोलनले सबैभन्दा पहिले सोही देशका राष्ट्रपति जिने अल अबिदिने बेन अलीको २४ वर्ष लामो शासन अन्त्य गर्‍यो । त्यसपछि छिमेकी लिबियामा फैलिएको क्रान्तिको ज्वारमा मुअम्मर गद्दाफीको ४२ वर्षीय शासन पनि बढारियो । सो लहरको बलका सामु इजिप्टका शासक होस्नी मुबारकको ३१ वर्षे शासन र यमनका अलि अब्दुल्लाह सालेहको २१ वर्षको शासन पनि टिक्न सकेन । केही देशमा विरोध प्रदर्शनबाटै परिवर्तन आए पनि लिबिया र सिरियामा भने गृहयुद्धको रूप लियो । लिबियाको गृहयुद्ध छोटो रह्यो भने सिरियामा १३ वर्ष लम्बियो । 

एक युगमा एकपटक आउने परिवर्तनको रूपमा व्याख्या गरिएको अरब बसन्तको उठानमा ट्विटरजस्ता सामाजिक सञ्जाल प्लाटफर्म निकै महŒवपूर्ण रहे । सरकारी अधिकारीबाट मोहम्मद बुअजिजीले भोगेको अपमान र हन्डरको कथा फैलाउनदेखि आन्दोलनकारीबिच समन्वय गर्न ट्विटरको व्यापक प्रयोग भएको थियो । यस क्रान्तिमा ट्विटरको भूमिकाको कारण केहीले त यसलाई ‘ट्विटर क्रान्ति’सम्म भने । नेतृत्वविहीन उभारमा युवा अभियन्ताले विरोध प्रदर्शनका केन्द्र तय गर्नेदेखि त्यससम्बन्धि जानकारी प्रसार गर्नसम्म ट्वीटरको ठुलो भूमिका निभाएको थियो । 

 अकुपाई वाल स्ट्रिट (अमेरिका) : २०११ 
‘अकुपाई वाल स्ट्रिट’ अमेरिकामा धनी–गरिबबिचको बढ्दो असमानताविरुद्ध आवाज उठाउन अमेरिकाको वित्तिय केन्द्र वालस्ट्रिट कब्जा गर्ने प्रतिकात्मक आन्दोलन थियो । यस आन्दोलनका आयोजकले मुख्यत आफ्नो अभियान आम जनतालाई सम्झाउन व्यापक रूपमा मोबाईल र समाजिक संजाल प्रयोग गरेका थिए । यसले आन्दोलनकारी गतिविधि समन्वय गर्न र आन्दोलनप्रति आम समर्थन हासिल गर्न सघाएको थियो । यसले कुनै खालको परिणाम नल्याए पनि अमेरिकाको वौद्धिक तथा प्राज्ञिक क्षेत्रमा भने ठुलो वहस सिर्जना गरेका थियो । अकुपाई वाल स्ट्रिटको दशौं वार्षिकोत्सवमा ‘द एट्लान्टिक’ ‘म्यागजिनले यसको दिर्घकालिन प्रभावबारे लेखेको थियो । ‘म्यागजिन’का अनुसार ‘सो आन्दोलनले एउटा पुरै पुस्तालाई सडकमा उत्रिएर प्रणालीगत सुधारको माग गर्न प्रेरित ग¥यो । पहिले राजनीतकि रूपमा अस्वीकार्य ठानिएका उच्च न्युनतम ज्यालको माग र ग्रिन न्यु डिल पनि स्वीकार्य भयो ।’ 

 युक्रेन क्रान्ति (युक्रेन) : २००४ र २०१४ 
युक्रेनमा १० वर्षको अन्तरमा दुई वटा आन्दोलन भए । दुवैमा समाजिक संजालको ठुलो भूमिका रह्यो भने दुवैको शिकार एकै जना नेता भिक्टर यानुकोभिच बनेका थिए । सन् २००४ को युक्रेनी क्रान्तिलाई कतिपयले समाजिक संजालको प्रभाव भएको पहिलो क्रान्ति पनि भन्ने गरेका छन् । 

सन् २००४ को क्रान्ति राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको रिपोर्टपछि सुरु भएको थियो । रुस समर्थित भिक्टर यानुकोभिच र पश्चिम समर्थित नेता भिक्टर युश्चेन्कोबिचको चुनावमा यानुकोभिचको जित भएको थियो । तर, अधिकाशं घरेलु तथा विदेशी पर्यवेच्छेकले व्यापक धाँधली भएको बताए । त्यसपछि इन्टरनेटमा निर्वाचन परिणाम अनुरूप यानुकोभिचलाई राष्ट्रपति स्वीकार्न नसकिने अभियान चल्यो । मानिसहरू सडकमा उत्रिए । आम विरोधको बलमा देशको सर्वोच्च अदालतले दोस्रो पटक पुन निर्वाचन गराउन निर्देशन दियो । दोस्रो पटकको निर्वाचनमा युश्चेन्को स्पष्ट विजेता बने । 
सन् २०१० मा भएको निर्वाचनमा भने युश्चेन्को पराजित भएर यानुकोभिच राष्ट्रपति बने । तर, उनले देशलाई थप रुसको नजिक लगेको आरोपमा चार वर्षभित्रै पुन आन्दोलन उठ्यो । संसदले युरोप नजिक जान ल्याएको सम्झौता राष्ट्रपतिले उल्ट्याए पछि शुरु भएको विरोध समाजिक संजालमार्फत व्यापक बन्यो । विरोध धान्न नसक्ने अवस्था पुगेपछि यानुकोभिच शासन त्यागेर रुस भागे । त्यही समय रुसले रुसी भाषीको सुरक्षाको लागि भन्दै क्राईमिया कब्जामा लियो । हालको युक्रेन संकटको जग त्यही बेला हालिएको विश्वास गरिन्छ । 

 हङकङ प्रदर्शन : २०१९ 
सन् २०१९ मा हंककङ सरकारले सुपुरदर्गी सम्बन्धि ल्याएको विधयेकको विरोधमा झन्डै एक वर्ष लामो विरोध प्रदर्शन चल्यो । त्यति लामो समय चलेको विकेन्द्रीत र नेतृत्वबिहिन आन्दोलन टिकाउन समाजिक संजाल प्ल्याटफर्महरू टेलिग्राम, युट्युव र एलआईकेजीको भूमिका रह्यो । विरोध प्रदर्शनको समन्वय र सरकारी सेन्सरसिप छल्न ब्लुटुथसम्मको प्रयोग गरियो । त्यस्तै सरकारले सूचना निगरानी गर्न नसक्ने ‘इन्क्रिप्टेड’ च्यानलको प्रयोग बढेको थियो । यसले आन्दोलन अघि बढाउन र आन्दोलनप्रति चेतना जगाउन सहयोग गर्‍यो । तर, कोभिड महामारीको आगमनले आन्दोलन सिथिल भयो । र, त्यहीबेला मुलभूमि चीनको चासोले आन्दोलन प्रभावित बन्यो । हंककङ सरकार आन्दोलनकारीप्रति कठोर बन्यो । आन्दोनलबाट पहिचान बनाएका अधिकाशं व्यक्ति पक्राउ परे वा पलायन भए । अनि आन्दोलन पनि तुहियो । 
(एजेन्सीको सहयोगमा)