मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका गोदावरी (ललितपुर)
२o८२ भदौ २२ आइतबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार

एमाले दोस्रो विधान महाधिवेशन : तीनवटै प्रस्ताव सर्वसम्मत पारित

७५ वर्षमा झण्डामा अंकित हँसिया हथौडाको रंग फेरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, गोदावरी (ललितपुर)
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार २१:o५:oo

एमाले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेश गरेपछि प्रतिनिधिहरुले तालिको ध्वनीका साथ प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिस्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ । सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सुनौलो रंगको हँसिया हथौडा अंकित हुनेछ ।

त्यसैगरी, महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहो¥याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित भएका छन् ।