मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार २o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सामाजिक सञ्जाल निष्कृय बनाउने निर्णयलाई राष्ट्रियताको मुद्दा बनाउन प्रधानमन्त्रीको आह्वान 

‘देशलाई हेप्नेहरूविरुद्ध कुनै पनि राजनीतिक दलले निरीहता प्रकट नगर्नुस्’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार २o:५५:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्कृय बनाउने निर्णय राष्ट्रियता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको मुद्दा भएकाले एकजुट बन्न राजनीतिक दल र नागरिकहरुलाई अपील गरेका छन् ।

एक वर्षदेखि दर्ता हुन पटक–पटक आह्वान र अनुरोध गर्दा पनि कतिपय सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले नेपालको संविधान र कानुन केही पनि मान्दिन र थाहा छैन भन्ने जवाफ फर्काएर देशकै अपमान गरेको भन्दै प्रधानमन्त्री ओलीले आइतबार यस्तो अपिल गरेका हुन् ।

‘एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता होऊ, नेपाललाई कर तिर, उत्तरदायी बन भन्दा तिमीहरूको संविधान थाहा छैन, मतलब छैन भन्ने जवाफ दिएर अटेरी गर्ने, तिर्नुपर्छभन्दा तथाकथित बुद्धिजीवीहरु र चारजना मान्छेको जब खोसियो रे । चारजना मान्छेको जब ठूलो की, राष्ट्रिय स्वाभिमान ठूलो ? चार दिनका लागि चारजनाको जब खोसिन्छ होला तर हामी फेरि जबहरू स्थापना गर्नेछौं । उनीहरु आएर आफैं सञ्चालन, आफै परिचालन, आफै उपभोक्ता हुन सक्दैनन् । हामी नै हो उपभोक्ता । उपभोक्ता मात्रलाई नटेर्दा, मनपरी गर्दा पनि हामीले सहेका थियौं तर यहाँ त राष्ट्रलाई नै अपमान गरेर, अटेर गरेर संविधान र कानुन मान्दिन भनेर गर्दा पनि प्रतिबन्ध लगाइएन, कानुनबमोजिम चल भन्न नपाईने ?’ पार्टीको विधान महाधिवेशनमा प्रधानमन्त्री ओलीले भने । 

देशलाई पटक पटक अपमान गर्दा कुनै पनि स्वाभिमानी र स्वतन्त्र देश मात्र नभएर त्यस देशका नागरिक समर्पण गरेर चुप लागेर बस्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाभिमान जस्तो पहिलो र प्राथमिक मुद्दालाई खेलाचीका रुपमा नलिन राजनीतिक दलदेखि नागरिकहरूलाई अपीलसमेत गरे । 

‘संसारको कुनै देशले यस्तो पनि निरीहता देखाउनसक्छ ? तेरो देशको कानुन मान्दिन भनेर ठाडै उल्लंघन गर्दा पनि चुप लागेर बस्ने देश हुन्छ ? त्यो देशले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय स्वाधिनताको कुरा गर्न सुहाउँछ ? हामी अनि स्वाभिमान, राष्ट्रियता र स्वतन्त्रताको कुरा गर्छौं । स्वतन्त्रता भनेको पहिला मानिसकतामा चाहियो नी । हामीले भोकै बसेर पनि स्वाधिनता जोगाएका हौं, नाकाबन्दी सहेका हौं त्यसकारण म भन्न चाहान्छु, हामी अरु जुनसुकै कुरा सहन तयार छौं, राष्ट्रलाई हेपेको कुरा सहन तयार छैनौं । मलाई जसले जतिसुकै हेपोस् मतवलव छैन, म मजाले हेपिन तयार छु तर देशलाई हेपेको सहन सकिदैंन,’ प्रधानमन्त्रीले भने, ‘हाम्रो देशलाई हेप्न, होच्याउन नखोज, हाम्रो स्वाभिमानमा ठेस पु¥याउन नखोज । त्यति भन्न नसक्ने बुद्धिजीवहरू रिदम मिलाएर कविता हो जिन्दगी, कविता हो राष्ट्रियता ? छन्द हो सिमना ? तोकबन्दी हो सिमाना ? नेपालका सबै राजनीतिक दलहरुलाई भन्न चाहान्छु–निरीहता प्रकट नगर्नुस् । क्षणिक स्वार्थमा लुब्ध नहुनुस् ।’