मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २२ आइतबार १४:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १४:२६:oo

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन्। संघको १५औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन्।

अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी निरञ्जनप्रसाद भट्टलाई १७ मतको अन्तरले हराए। अवस्थीले १४८ र भट्टले १३२ मत ल्याएका हुन्। यसअघि १४औँ कार्यसमितिका लागि २५ भदौ ०७९ मा सम्पन्न निर्वाचनमा भट्टले अवस्थीलाई हराएका थिए। प्रथम प्रयासमा भट्टसँग ४२ मतले पराजित भएका अवस्थीले अहिले भट्टमाथि १७ मतको जित निकालेका हुन्।

वरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देवबहादुर चन्द निर्वाचित भएका छन्। चन्दले आफ्ना निकटतम प्रतिस्पर्धी अमरबहादुर बमलाई ६२ मतको अन्तरले हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। चन्दले १६९ मत ल्याउँदा बमले १०७ मत ल्याए। यसअघि सदस्य, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका उनलाई भावी नेतृत्वकै प्रबल दाबेदारको रूपमा हेरिन्छ।

उपाध्यक्षमा भट्ट प्यानलका दीपक भट्टलाई अवस्थी प्यानलका यज्ञराज बैजले १६ मतको अन्तरले हराए। भट्टले १३२ र बैजले १४८ मत ल्याएका छन्। महासचिवमा अवस्थी प्यानलकै देवीदत्त भट्टले योगेन्द्रबहादुर ठगुराठीलाई ५२ मतले हराए। भट्टले १६६ र ठगुराठीले ११४ मत ल्याएका छन्।

सहकोषाध्यक्षमा भट्ट प्यानलका हेमबहादुर महरा निर्वाचित भएका छन्। उनले अवस्थी प्यानलका चित्र कार्की र स्वतन्त्र पदमराज भट्टलाई हराउँदै महरा सहकोषाध्यक्षमा निर्वाचित भएका हुन्। महराले १३५, भट्टले ८१ र कार्कीले ५६ मत ल्याएका छन्। महरा यसअघि सदस्यमा पराजित भएपछि सिधै अहिले पदाधिकारीमा होमिएका हुन्। यसअघि भट्ट प्यानलबाट सचिवमा वृजकिशोर चन्द, कोषाध्यक्षमा तेजबहादुर चन्द निर्विरोध निर्वाचित भएका थिए।

सदस्यमा नवीन चन्द (१५८), दीपक कार्की (१७०), गणेश सुवेदी (१९०), चन्द्रसिंह कार्की (१४३), मनिराम रेग्मी (१४७), महेश जोशी (१७२) र सन्तोष खत्री (१५२) मत ल्याएर निर्वाचित भएका छन्।