मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २० शुक्रबार २o:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामहरिलाई संसदीय सुनुवाइ समिति सभापति बनाएकोमा रास्वपाले जनायो आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार २o:३६:oo

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाएकोप्रति आपत्ति जनाएको छ ।

रास्वपाले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षणपत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरेको हो ।

खतिवडा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा रहँदा ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए ।

संसदीय समितिले दोषी देखाएपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए । उनै खतिवडालाई अर्को समितिको सभापति बनाएपछि रास्वपाले आपत्ति जनाएको हो ।

‘जनताको सार्वभौम कानुन निर्माणजस्तो संवेदनशील विषयमा गैरकानुनी रूपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनः संसदीय सुनुवाइ समितिको सभापतिजस्तो अझ महत्त्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसद्कै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसद्को गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुर्‍याएको अवस्था छ ।’

शुक्रबार संसदीय समितिको सभापतिमा खतिवडा निर्विरोध चयन भएका हुन् ।

छुटाउनुभयो की ?