
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदमको संज्ञा दिएका छन् । सामाजिक सञ्जलामार्फत उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो। अहिलेको विश्वव्यपीकरण, अत्याधुनिक सूचनासंचार र उन्नत लोकतन्त्रको युगमा अन्य उपयुक्त नियमनकारी कदम सट्टा यस्ता लहडी कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता , सूचनाको हकलाई कुन्ठित मात्र गर्छ। आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ।
सरकारले दर्तामा नआउने सामाजिक सञ्जालहरूलाई क्रमशः आजै मध्यरातदेखि बन्द गर्ने गरी निर्णय गरेको छ ।