मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका ​काठमाडौं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ली स्याउको प्रवर्द्धन गरी विदेशी आयात रोक्न सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ​काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

जुम्लाको स्याउलाई प्रोत्साहन गर्न र विदेशी स्याउको आयात रोक्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारसँग माग गरेका छन्।

​बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले ‘जुम्ली स्याउ खाऔँ, विदेशी स्याउ रोकौँ’ भन्ने नाराका साथ कृषिमन्त्री र गृहमन्त्रीलाई तत्काल यस विषयमा आवश्यक कदम चाल्न आग्रह गरेका हुन्।

​सांसद शाहीले जुम्लाको स्याउको बजार विस्तारका लागि सहयोग गर्न सरकारलाई अपिलसमेत गरेका छन्। साथै, उनले जुम्लाको स्याउ राजधानीलगायतका ठुला सहरमा पुर्‍याउनका लागि सडक पूर्वाधारको अवस्था सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई पनि अनुरोध गरेका छन्।

​नेपालमा उत्पादन हुने कृषि उपजलाई प्रोत्साहन गर्दा किसानको जीवनस्तरमा सुधार आउनुका साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको भनाइ छ।

छुटाउनुभयो की ?