
सभामुख देवराज घिमिरेले माओवादी सांसद छिरिङ ल्हामु लामा (तामाङ)काे समय र विषयवस्तु नमिलेको भन्दै बोल्दाबोल्दै माइक काटेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गर्दा उनले प्रधानमन्त्रीले अधुरो तथ्यको सहायताले कणालीको विकासबारे धारणा बनाएर गलत व्याख्या गरेको बताइन् ।
उनले यसो भन्दै गर्दा सभामुखले आफ्नो विषयप्रति सजग हुन ध्यानाकृष्ट गराए । तर, उनले सिस्नुपानीले आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रमको विषयस्तु उठान गरेर त्यहाँ प्रधानमन्त्रीले बोलेका कुरालाई उठाउन खोज्दै गर्दा उनले माग गरेको विषयवस्तु र उठाएको मुद्दा फरक भएको भन्दै उनको माइक काटियो ।
उनले संसद् बैठकको समयमा प्रधानमन्त्रीकाे अनिवार्य उपस्थितिको व्यवस्था गर्न माग गरिन् । प्रधानमन्त्रीले झापालाई मात्र नेपाल देखेको र कर्णालीलाई उपेक्षा गरेको उनको आरोप छ ।