मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धुलिखेल मालपोतका खरिदार भण्डारी दुई लाख घुससहित रंगेहात पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

काभ्रेपलाञ्चोकको मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयपरिसरबाटै रंगेहात पक्राउ गरेको हो।

भण्डारीले साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनापछि अख्तियारको टोली कार्यालय पुगेको थियो।

अख्तियारको टोलीले सेवाग्राहीबाट दुई लाख घुस लिइसकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिएर उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।