मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार १३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १३:o९:oo

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक बजारमा आएको छ।ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा महासचिव शंकर पोखरेलले पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा कम्युनिस्ट कार्यदिशा र वर्गीय चेतना, एमालेको गन्तव्य र निर्णायक शक्ति, पार्टी पुनर्जागरणमा कार्यकर्ताको भूमिका, प्रतिगमनको चक्र र गणतन्त्रको अविचलित यात्रालगायतका १४ विषयवस्तु समेटिएका छन्। 

एमाले महासचिव शंकर पोखरेलले पुस्तक वैचारिक वा सांगठनिक दस्ताबेज मात्र नभई, समग्र कम्युनिस्ट आन्दोलनको दीर्घकालीन मार्गचित्र रहेको बताए।उनले भने, ‘यो कृति नेतृत्व र कार्यकर्ताको समर्पणको प्रतिबिम्ब हो। जसले संगठन र आन्दोलनलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तक पार्टी निर्माणका अभियन्ताहरूका लागि उपयोगी हुने बताए । उनले भने, ‘यस पुस्तकमा पार्टी निर्माणको विभिन्न आयमबारे विमर्श गरिएको छ । आजको पार्टी निर्माणका समस्याबारे चिरफार गरिएको छ । यो पुस्तक संगठकका निम्ति महत्त्वपूर्ण सन्दर्भ सामग्री साबित हुने देखिन्छ ।’

पुस्तकका लेखक पोखरेलले पुस्तक आफ्नो पाँच दशक लामो राजनीतिक र सांगठनिक जीवनको सिकाइ, भोगाइ र अनुभवको सार रहेको बताए। उनले भने, ‘यसलाई पुस्तकको रूपमा पाठकसमक्ष ल्याउन मूलतः पार्टीभित्र देखापरेका वैचारिक र राजनीतिक रूपमा दक्षिणपन्थ अवसरवाद र संगठनात्मक अराजकताको उपद्रो नै यो पुस्तकको सिर्जना हो ।’ एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्लाको इन्चार्जसमेत रहेका पोखरेलले यसअघि गन्तव्य समाजवाद नामको पुस्तक लेखेका छन् ।