मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format २२:२९:oo
Read Time : > 3 मिनेट
सप्तरंग

३२ वर्षदेखि विराटनगरमा शास्त्रीय संगीत जोगाइरहेका कुशेश्वर  

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format २२:२९:oo

सास्त्रीय संगीतविना लोकगीत संगीत र मौलिक नेपाली संस्कृतिको संरक्षण हुँदैन । सास्त्रीय संगीतको महत्व हिजो, आज र भोलि कहिल्यै घट्दैन बरु बढ्दै जान्छ । यही सोच छ संगीतगुरु संगीत प्रविण कुशेश्वर राई (७२)को । उनी नेपाल सास्त्रीय संगीत समाजको केन्द्रीय सल्लाहकार पनि हुन् ।   

३२ वर्ष अघि भारतीय सिमावर्ती बजार जोगबनीमा चार हजार रुपैयाँमा किनेको हार्माेनियम र धेरैपछि दाताहरूले किनिदिएको केही वाद्यययन्त्रहरू बजाएर ७२ वर्षे बुढ्यौलीमा पनि संगीत गुरु कुशेश्वर राई पूर्वमा सास्त्रीय संगीतको दिप जोगाइरहेका छन् । 

०५० सालेदेखि विराटनगरमा संगीत विद्यालय खोलेर नेपालमा सास्त्रीय संगीत विकासका लागि अनवरत लागि परेका गुरु कुशेश्वरले अभावको दबाबमा परेर पनि कहिल्यै हार खाएनन । युवा अवस्थादेखि अहिलेसम्मै उनी नेपालमा सास्त्रीय संगीतको विकासमा मात्र हैन, संगीत विश्वविद्यालय खोल्ने वतावरण तयार गर्न निरन्तर सक्रिय रुपमा लागिरहेका छन् । विहान दिउँसो साँझ जतिखेर पनि संगीत विद्यालय स्वर संगम संगीतालयमा अनुयायीहरूलाई सास्त्रीय संगीत सिकाइरहेका भेटिन्छन् । 

मौलिक लोकसंस्कृतिको संरक्षणका लागि सास्त्रीय संगीतलाई सरकारी मान्यता दिलाउनु पर्छ भन्नेदेखि नयाँ पुस्तामा संगीतको झन्कार पवबेश गराउन निरन्तर प्रयन्तशील संगीत गुरु राई आफ्नो मात्रै होइन पूर्वका विभिन्न विद्यालमया पढाउन पनि पुग्छन् । विराटनगरमा आफु र कोशी प्रदेशभरी आफ्ना अनुयायीहरूले खोलेको संगीत विद्यालयमा पुगेर वर्षेनी दुई सय विद्यार्थीमा उनी सास्त्रीय संगीतको ज्ञान शीप भर्ने गर्छन् । सास्त्रीय संगीतका अभियन्ता कुशेश्वर गुरु भन्छन– सास्त्रीय संगीतविना देश र राष्ट्रको संस्कृति नै अधुरो हुन्छ  । 

भारतको इलाहाबादस्थित प्रयाग संगीत समितिबाट सास्त्रीय संगीतमा प्रविण उपाधि प्राप्त कुशेश्वरले समूह बनाएर ०५० सालमा विराटनगरमा स्वरसंगम सास्त्रीय संगीतालय स्थापना गरेका हुन् । रेडियो नेपालकी पहिलो गायिका रानुदेवी अधिकारी, संगीतप्रति रुचि राख्ने रामनाथ बराल, बसुश्री पाण्डे, कृष्णराज कोइरालालगायत मिलेर स्वर संगीत संगीतालय खोलेका थिए  । यसले पछि इलाहावादको प्रयाग संगीत समितिबाट सम्बन्धन लिएर संगीत प्रभाकर (डिप्लोमा) सम्मको पढाइ गर्न थाल्यो । त्यो बेलादेखि दुःखसुखले सञ्चालन हुँदै आएको संगीत विद्यालयमा हरेक वर्ष दुई सयसम्म विद्यार्थीले सास्त्रीय संगीतको विभिन्न तहको परीक्षा दिँदै आएका छन् । ‘सुरुमा सात आठजना विद्यार्थीले   संगीत सिक्थे । तर, आजकल वर्षमा दुई सयभन्दा बढीले सिकिरहेका छन्,’ गुरु कुशेश्वर सुनाउँछन् । उनको विद्यालयमा बालबालिकादेखि वृद्ध उमेरका व्यक्तिहरू समेत दैनिक संगीत सिक्न आउने गर्छन् । कुशेश्वर र उनको समूहले पढाएका धेरै विद्यार्थी राष्ट्रिय कलाकार बनेर नाम र दाम कमाइरहेका छन् । 

रुचि अनि स्वरले मात्र संगीत पूर्ण हुँदैन   
गुरु कुशेश्वरको मान्यता छ– व्यक्तिको रुचि अनि स्वरले मात्र संगीत पूर्ण हुँदैन । निपूर्ण हुन सुरताल बारे पढ्नै पर्छ । किनभने सास्त्रीय संगीत संगीतको व्याकरण हो, नियम र अनुशासन हो । यसको राम्रो ज्ञान भयो भने मात्र अरु संगीत सृजना गर्न सकिन्छ ।

सास्त्रीय संगीतलाई विद्यालयस्तरका सबै कक्षामा अध्यन गराउनुपर्छ भन्ने माग पनि छ  गुरु कुशेश्वरको । ‘तर खै तीनै तहका सरकारको कानमा कहिल्यै बतास लागेन ?’ उनले भने । अनि त्रिविले एउटै विषयमा मात्र संगीत पढाएर पुग्दैन विश्वविद्यालय भए मात्र संगीतको दिगो विकास हुन्छ भन्छन् उनी । जसले सास्त्रीय संगीतलाई राम्ररी बुझेको हुन्छ उसले स्थानीय संस्कृतिलाई राम्रो बुझ्छ र आफ्नो रचनामा राष्ट्रियता झल्काउन सक्छ ।   पाश्चत्य गीतसंगीतले राष्टियताको जगर्ने गराउँदैन, बरु नाश गराउँछ । देशको आफ्नो संस्कृति, साहित्य र राष्ट्रियता हुँदैन त्यो देशका नागरिक सार्थक हुँदैनन् । यी तीन कुरा व्यवस्थित गर्न पनि सास्त्रीय संगीतले सहयोग गर्ने उनको भनाइ छ ।

उनी भन्छन्– जनवादी गीत, लोकगीत, राष्टिय भावनाका गीत सबैलाई सफल बनाउन सास्त्रीय संगीतकै देन हुन्छ । यतिमात्र होइन संगीतले चेतनशीलता बढाउँछ । राम्रो शब्द र सुरताल नभएको त संगीत नै है केबल क्षणिक मनोरञ्जन मात्र हो । संगीत भनेको तामझाम होइन मौलिकता हो । मैले यो संगीत र संगीतकर्मीको विकास हुन आवश्यक छ । संरक्षण र संबद्र्धन हुन आवश्यक छ । संगीत भनेको राष्ट्रको आँखा हो । 

धरासायी संगीत शिक्षालय, उपेक्षामा कलाकार 
नेपालमा युवाहरूले सास्त्रीय संगीतको महत्व बुझेकोले उनीहरूबिच आर्कषण बढेको छ । धेरैले त संगीतलाई पेशा नै  बनाएका छन् । कतै कतै निजी विद्यालयले पनि अतिरिक्त क्रियाकलापका रुपमा संगीतको कक्षा राख्न थालेका छन् । तर अझै संघ प्रदेश र पालिकाहरूले संगीतको महत्वलाई बुझिरहेका छैनन ।

राणा र राजाहरूले पहिला त्यसै गरे अहिलेका सरकारहरू पनि संगीतलाई विलासिता नै ठानिरहेका छन् । सास्त्रीय संगीतका अभियन्ता कुशेश्वर कम्तिमा केन्द्रमा एउटा संगीत विश्वविद्यालय र प्रदेशमा शिक्षालय हुन आवश्यक ठान्छन् । ‘लोक गीतसंगीत र संस्कृतिको संरक्षणका लागि नेपालमा संगीत विश्वविद्यालयको अति नै आवश्यकता छ यसैकै लागि निरन्तर आवाज उठाइरहेका छाैँ,’ संगीत गुरु कुशेश्वरले आफ्नो माग दोहोरयाए, ‘ तर कैयौ पटक सरकारहरूलाई ज्ञापन बुझाइसके पनि कसैले वास्ता गरेका छैनन ।’  

भारतमा गजल गाएरै पनि करोडाैँ आम्दानी गर्ने गीतकार संगीतकार छन् । तर, नेपालमा अझै सास्त्रीय संगीत व्यवसायिक भैसकेको छैन । भारतमा धेरैलाई संगीतको ज्ञान छ । नेपालमा यसबारे निकै कमलाई मात्रा ज्ञान छ । भारतमा सबैले संगीत बाँड्छन । तर नेपालमा ज्ञान भएकाहरूले पनि बाँड्न पाइरहेका छैनन । यसैले नेपालमा सास्त्रीय संगीतकर्मीलाई प्रोत्साहन छैन । अझैसम्म सगीतकर्मीहरुलाई उचित पुरस्कार र प्रोत्साहन छैन । नेपाल सगीत नाट्य एकेडेमीमा केन्द्रका एक दुईले अवसर पाए पनि प्रदेशमा बसेर योगदान गर्ने सर्जकहरू अझै ओझेलमा छन् ।

आजकल संगीत विद्यालय खुल्ने क्रम बढेको छ । तर, सरकारको संरक्षण अभावमा साना ठूला शहरमा जेनतेन खुलेका संगीत विद्यालय प्रायः धरासायी छन् । गुरु कुशेश्वरका अनुसार नेपालमा रहेका तीन सय जति संगीत शिक्षालय जेनतेन सञ्चालन भैरहका छन् ।

सरकारको संरक्षण पाए संगीत विद्यालयहरूले फैलने मौका पाउने थिए । आफ्नो शिक्षालयको अवस्था बताउँदै गुरु कुशेश्वर भन्छन्– हामीले ३२ वर्ष भयो अझै आफ्नो भवन बनाउन सकेको छैनौँ । अझै विराटनगरको सेरोफेरो जम्मै मेरो... भनेर घर सरिसरी शिक्षालय चलाइरहेका छौँ । 

छुटाउनुभयो की ?