
नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुर्जेस्थित बार्दली होटेलमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लिखु गाउँपालिका–५, डिचौघडा बस्ने ४० वर्षीय श्यामकृष्ण श्रेष्ठसमेत २२ जनालाई बुधबार राति जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ र कौडा ३१ थान बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू पेसेबर जुवाडे भएको प्रहरीले जनाएको छ।