मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बन्दीपुर केबलकारको आइपिओ बिक्री खुला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२२:oo

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुलाएको छ । कम्पनीले ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

सोहीअनुसार पहिलो चरणमा पाँच लाख ६६ हजार आयोजना प्रभावितलाई र अर्को पाँच लाख २९ हजार ४०० कित्ता कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीमा निष्कासन गरिसकेको छ । 

बाँकी रहेको सेयरमध्ये पनि दुई लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, एक लाख ५८ हजार आठ सय २० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणका लागि बिक्री खुलेको हो ।