मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o६:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o६:oo

सन् १९६३ : यसै दिन ‘मार्च अन वासिंटन फर जब्स एन्ड फ्रिडम’नाममा अमेरिकामा देशको इतिहासकै ठुलोमध्ये एक प्रदर्शन भयो । प्रदर्शनकारीहरू पछि ‘लिंकन मेमोरियल’मा जम्मा भएका थिए । त्यही सभामा अश्वेत अधिकारकर्मी मार्टिन लुथर किङ, जुनियरले उनको बहुचर्चित ‘आई ह्याभ ए ड्रिम’ भाषण दिएका थिए ।

सन् ४७५ : रोमन जनरल फ्लेभिअस ओरेस्टेसको फौजले रोमन सम्राट् जुलियस निपोजलाई राजधानी रभेन्नाबाट खेदे । केही इतिहासकार निपोजलाई २७ इसापूर्वमा सुरु भएको पश्चिमी रोमन साम्राज्यको अन्तिम असली सम्राट् मान्छन् ।

सन् १८३३ : बेलायती संसद्ले पारित गरेको ‘दासत्व उन्मूलन ऐन १८३३’लाई राजाले मन्जुरी दिएसँगै ब्रिटिस साम्राज्यभर दासप्रथा अन्त्य घोषणा गरियो । यो कानुन कार्यान्वयन भने एक वर्षपछि अगस्ट १ बाट सुरु भएको थियो ।

सन् १८९८ : क्यालेब ब्य्राडह्यामले आफूले पाँच वर्षअघि विकास गरेको कार्बोनेटेड पेयपदार्थको नाम ‘पेप्सि–कोला’ राखे, जुन आज पेप्सीको नामले परिचित छ ।

सन् १९४३ : जुलाईमा अपदस्थ गरिएपछि हिरासतमा रहेका इटलीका पूर्वतानाशाह बेनितो मुसोलिनीलाई उद्धार गरिने डरले ला मड्डालेनाबाट ग्रान सास्सोको पहाडी भेगमा सारियो । तर, त्यही भेगबाट सेप्टेम्बर १२ मा उनलाई जर्मन कमान्डोको टोलीले उद्धार गरेर नाजीशासित क्षेत्रमा लगेको थियो ।

सन् १९५५ : १४ वर्षीय अफ्रिकी–अमेरिकी किशोर एमरेट लुई टिललाई श्वेत महिलालाई जिस्क्याएको आरोपमा क्रूरतापूर्वक मारियो । उनको हत्यामा संलग्नलाई अदालतले निर्दोष ठहर गरेपछि अमेरिकाभर युवा अश्वेतहरू विरोधमा उत्रिएका थिए ।

सन् १९७३ : भारत र पाकिस्तानबिच बंगलादेश स्वतन्त्रताका लागि भएको लडाइँका क्रममा कब्जामा परेका एक–अर्का देशका सैनिक रिहा गर्ने विषयमा दिल्ली सम्झौतामा हस्ताक्षर भयो । सम्झौताअनुरूप नब्बे हजार पाकिस्तानी युद्धबन्दी रिहा भए ।

सन् १९८० : स्कटल्यान्डस्थित ‘एबरडिन रोयल इन्फर्मेरी’मा ‘म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एमआरआई)’ मेसिनले पहिलोपटक मानव शरीरको स्क्यान गर्‍यो ।

सन् २०१९ : जलवायु परिवर्तनविरुद्ध आवाज उठाउँदै आएकी ग्रेटा थर्नवर्ग प्रदूषणमुक्त डुंगा चढेर बेलायतबाट आन्द्र महासागर पार गरी अमेरिका आइपुगिन् ।