मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
२o८२ भदौ ८ आइतबार २१:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश

रूपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार २१:१३:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरूसँग जोड्न ‘रूपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासँग सिमाना जोडिएका अन्य तीन पालिका समेटेर रूपचन्द्र विष्ट थाहा मार्ग निर्माण गर्ने बताएका हुन् । 

थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए ।

रुट निर्धारण गरी रूपचन्द विष्ट थाहा मार्ग नामकरणसहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाइ छ । उक्त कार्य थाहा नगरपालिका तथा सम्बन्धित तीनवटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरूको पूर्ण सहमति लिएर मार्ग निर्माण प्रक्रिया अघि बढाउने उनले बताए ।

‘प्रदेश सरकारको पहलमा थाहा नगरपालिकालाई कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकासँग जोड्ने गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्नेछौँ,’ उनले भने, ‘विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर मार्ग निर्माणको काम अघि बढाउँछौँ।’ 

थाहा नगरपालिका ऐतिहासिक र विचारशील व्यक्तित्व रूपचन्द विष्टसँग गहिरो रूपमा जोडिएको उनले बताए। रूपचन्द्र विष्टले समानता, समान अवसर र प्रजातन्त्रमा गहिरो विश्वास राख्ने गरेको मुख्यमन्त्री बानियाँको भनाइ थियो। 

रूपचन्द विष्टको दर्शन आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले विष्टको विचारजस्तै गाउँमुखी, जनमुखी, सेवामुखी, न्यायमुखी, र विकासमुखी अभियानअन्तर्गत सरकारले विकास र सेवाका योजना सफलतापूर्वक कार्यान्वयन गर्दै जाने दाबी गरे।