
वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट पारित भएको छ । संसद्मा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले मुलुकमा ठुला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए ।
अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै छिटो पारित गरेर संसद्ले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको बताए । संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिसभामा पेस गरिएको थियो ।