मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १८:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सयौँ थान नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय युवक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १८:३१:oo

सयौं थान नक्कली शैक्षिक प्रमाणपत्रसहित रुपन्देही प्रहरीले आइतबार एक भारतीय युवकलाई पक्राउ गरेको छ।

नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको हजारौं नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरुसहित प्रहरीले भारतीय युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको जिल्ला कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट उनलाई  आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए।

पक्राउ परेका युवकको साथमा रहेको  सुटकेस खानतलासी गर्दा शैक्षिक प्रमाणपत्रहरु, विभिन्न कागजपत्रहरु, स्ट्याम्प, होलोग्रामजस्तो देखिने स्टिकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिकलगायतका सामानहरु बरामद गरेको सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा डिएसपी कार्कीले जानकारी दिए।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक मुकेश न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटल मुक्तिनाथभित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई पक्राउ गरेको थियो। उनको साथबाट त्रिभुवन विश्वविद्यालयका सय थान ट्रान्सक्रिप्ट र २६ थान सर्टिफिकेट, तीन थान नम्बर स्ट्याम्प, पाँच थान स्ट्याम्प प्याडसहित होलोग्रामजस्तो देखिने विभिन्न विद्यालयका स्टिकरहरु, भारतका विभिन्न विश्वविद्यालयका मार्कसिट, सर्टिफिकेटहरु, बैंक सर्टिफिकेट, बैंक लोगो, लेटरप्याड, विभिन्न कार्यालयका स्ट्याम्प, ल्यापटप, आईफोन, मोबाइल, भारतीय र नेपाली रुपैयाँ, एटीएम कार्डलगायतका सामानहरु बरामद गरेको छ।

भारतबाट एकजनाले नक्कली सर्टिफिकेटलगायत सामान बोकेर आइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सर्टिफिकेटहरु फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले बताए। प्रहरीलाई पहिलेदेखी नै यस्तो काम भैरहेको छ भन्ने सुचना आइरहेको उल्लेन गर्दै उनले भने, ‘त्यही सुचनालाई सकृयताका साथ लागेर यो सफलतामा पुगेका हौं।’ 

यसबारे थप अनुसन्धान भइरहेको र उक्त कार्यमा संलग्न अन्यको पनि पहिचान भैसकेकाले प्रहरी उपरिक्षक क्षेत्रीले जानकारी दिए। पक्राउ परेका युवकले आफू मासिक तलबमा काम गरेको बयान दिएका छन्। यसअघि पनि आफूले नक्कली सर्टिफिकेटहरु नेपाल ल्याएको बयान दिएका एसपि क्षेत्रीले बताए।