मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखराकी तत्कालीन न्यायिक समिति सदस्यसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १७:३o:oo

पोखरा महानगरपालिकाकी तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ की वडासदस्य भावना श्रेष्ठसहित दुईजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

न्यायिक समिति सदस्य रहँदा भावनाले बाटोको विवाद रविनकुमार श्रेष्ठको पक्षमा मिलाई दिने भनी दुई लाख घुस-रिसवत लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरी सोमबार आरोपपत्र दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार पोखराको न्यायिक समितिमा विचाराधीन पोखरा– २६ को बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविन कुमारको पक्षमा निर्णय गर्न गराउन घुस/रिसवत वापत दुई लाख लिएको पुष्टि भएपछि  दुवैविरुद्ध आरोपपत्र दर्ता गरिएको हो।