मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटाबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

धनकुटा नगरपालिका– १० उत्तरपानीबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सहिदभूमि गाउँपालिका– ६, सुकेआहाल स्थायी घर भई हाल धनकुटा नगरपालिका– १० उत्तरपानीमा डेरा गरी बस्दै आएका २७ वर्षीय अशोक राईलाई लागुऔषध र प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी इन्स्पेक्टर किशोर तामाङले बताए।

प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले राईलाई लागुऔषधसहित डेराबाट पक्राउ गरेको थियो। प्रहरीले राईको कोठा खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल क्याप्सुल ६१० पिस, प्रतिबन्धित औषधिहरू डिकोलिक ट्याब्लेट ५९० पिस, स्पास्पेन ट्याब्लेट ६० पिस, स्पास्मो ट्याब्लेट ९४ पिस र टपेन ट्याब्लेट १० पिस फेला पारेको छ।

राईलाई जिल्ला अदालत धनकुटाबाट आज सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।