मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल टेलिकमको रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा अनावश्यक रूपमा बजाउने रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वाेच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले उक्त रिट दर्ता गरेका हुन् । नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ । 

साउन १९ गते सर्वाेच्च अदालतमा पेस गरिएको रिटलाई सर्वाेच्चका रजिस्ट्रार मानबहादुर कार्कीले साउन २१ गते दरपीठ गरिदिएका थिए । दरपीठ बदरको माग गर्दै इजलासमा दिएको निवेदनमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनमा उठाइएको विषय सार्वजनिक सरोकारको रहेको देखिएको, रिङ ब्याकटोन बजाउने गरेको र त्यसबापत शुल्क लिने नगरिएको बताएको देखिएको हुनाले अदालतका रजिस्ट्रारबाट मिति ०८२ साउन २१ गते भएको दरपीठ आदेश बदर गरी रिट निवेदन दर्ता गर्न आदेश गरिएको हो । 

रिटमा अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याकटोन’का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइबरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको बताउँदै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छाविपरीत ‘रिङ ब्याकटोन’ सुन्न बाध्य पार्ने, मानसिक रूपमा तनाव सिर्जना हुने काम गरिरहेको हुनाले विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ ब्याकटोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ । 

रिटमा नेपाल टेलिकमका ल्यान्डलाइन र मोबाइल फोनमा राष्ट्रिय विपत् तथा महामारीको समयबाहेक अन्य कुनै प्रकारका रिङ ब्याकटोन बजाउने कार्य तत्काकल बन्द गर्न सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । रिटको पेसी भदौ ३ गते मंगलबारका लागि तोकिएको छ ।