मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

भूमि समस्या समाधान आयोगले धनकुटाको धनकुटाको महालक्ष्मी नगरपालिकाका भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने भएको छ । उक्त कार्यको लागि भूमि समस्या समाधान आयोगले दोस्रो चरणको अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

महालक्ष्मी नगपालिकाबाट जग्गाधनी पुर्जा पाउनका लागि भूमिहिन ३८ जना जना, भूमिहिन सुकुम्वासी एक सय दुई जना, अव्यवस्थित बसोवासीहरु नौ सय १४ जना गरी एक हजार ५४ जनाले आयोगमा निवेदन दिएका थिए । त्यसमध्ये छानबिनका सबै चरणहरु पुरा भइसकेका कारण चाँडै नै जग्गाधनी पूर्जा उपलब्ध गराउने भूमि समस्या समाधान आयोग महालक्ष्मी नगरपालिकाका संयोजक विजयसन्तोषी राईले बताए ।

दोस्रो चरणको अभिमूखीकरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय, प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाई, भूमि समस्या समाधान आयोग धनकुटा जिल्लाका विज्ञ सदस्य नविन किशोर शाक्य, वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नंं. १ का वडाध्यक्ष टेकबहादुर गुरुङ, वडा नं. २ का वडाध्यक्ष पदम रखाल, वडा नं. ३ का वडाध्यक्ष रामचन्द्र थापा, वडा नं. ४ का वडाध्यक्ष शुक्रराज बुढाथोकी, वडा नं. ५ का वडाध्यक्ष शान्तबहादुर कुँवर, वडा नं. ६ का वडाध्यक्ष शिवराज विश्वकर्मा, वडा नं ७ का वडाध्यक्ष नेत्र अधिकारी, वडा नं. ८ का वडाध्यक्ष रामबहादुर खड्का, वडा नं. ९ का वडाध्यक्ष टेकबहादुर थापाले वडास्तरमा गठित सहजीकरण समितिले सुकुम्वासी तथा तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा धनीपूर्जा उपलब्ध गराउन विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका थिए।