मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अटोमेटिक पेस्तोलसहित काठमाडौंबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

प्रहरी वृत्त बालाजुले अटोमेटिक पेस्तोलसहित टोखा नगरपालिका– ९ बाट एकजनालाई पक्राउ गरेको छ। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– १६ चमती बस्ने २९ वर्षीय शिवराज दराईलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार दराईको चमतीस्थित डेरामा शंका लागी खानतलासी गर्दा एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, सात थान ७.६५ एमएमको गोली बरामद भएपछि खोजतलासी गर्दा दराई टोखाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका दराईलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट ०७८ असोज १८ गते अभद्र मुद्दा र ०८० कात्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रहरीले जनाएको छ।