मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:१४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न अर्थमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरू पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन् ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यसपटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पुँजीगत खर्च, राजस्व संकललगायतका लक्ष्यहरू पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए ।

औसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए। उनले समस्याहरूमा अल्झिनेभन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान दिन आग्रह गरे । 

निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रमहरूले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठिक भए पनि निजी र  सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका वेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चित क्षेत्रमा सरकारले नै ‘बिग पुस’ गर्नुपर्नेमा जोड दिए । 

अर्थसचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरू आइसकेका हुनाले आत्मसमीक्षा गरी  काममा केन्द्रित हुनुपर्ने बताए । 

राजस्वसचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरू कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरू पूरा हुन सक्ने बताए। उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औँल्याए। 

अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए । 

बैठकका सहभागीहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखापर्ने समस्या र चुनौतीहरूलाई तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।