मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार १८:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १८:४२:oo

मधेश प्रदेश सरकारको ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रमका संयोजक विकासकुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर उनले १०बुँदे ज्ञापनपत्र बुझाएका हुन्। सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए।

मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरूलाई भारतसँग जोड्ने र तिनीहरूको प्रचारप्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले बताए। जवाफमा भारतीय रक्षामन्त्री सिंहले नेपाल–भारतको ऐतिहासिक र धार्मिक सम्बन्धलाई अहिलेको समयअनुसार अगाडि बढाउनुपर्ने अवश्यकता रहेको बताएका थिए। नेपाल र भारतका श्रद्धालुलाई दुःख नदिई विशेष व्यवहार गर्नुपर्नेमा उनको जोड थियो।

‘मधेश प्रदेशको पर्यटन वर्षका लागि भारतले प्रधानमन्त्रीजीको आसन्न भ्रमणमा एजेन्डा बनाउने गरी पहल गर्छु। धार्मिक तथा पर्यटन आदानप्रदानका लागि चाँडै नै सकारात्मक पहल गर्छु। केही न केही नतिजा दिन्छ,’ उनको भनाइ उदृत गर्दै ठाकुरले भने।