मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमा पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ सचिव आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सोमबार ७२ जना सहसचिवहरूको सरुवासँगै बागमतीका पाँच सचिवको पनि बदली गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ गते राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सोसरहका ७२ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो।

जसअन्तर्गत बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर रानामगर, आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्यको सरुवा भएको हो।

रानामगर प्रधानमन्त्री कार्यालयमा, मैनाली संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, श्रेष्ठ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा, बज्राचार्य गृह मन्त्रालयमा र शाक्य कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएका छन्।

यसबापत संघीय मामिला मन्त्रालयले बागमतीमा चार नयाँ सचिव पठाएको छ। मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंमा कार्यरत पार्वती शर्मा, लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका बलराम ढकाल, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका इन्द्रदेव भट्ट र कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका ईश्वरचन्द्र मरहठ्ठा बागमतीमा आउने भएका छन्।