मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटा अस्पताल परिसरमा रक्तदान कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १५:o४:oo

एमालेनिकट राष्ट्रिय युवा संघ धनकुटाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी धनकुटाको प्राविधिक सहयोगमा धनकुटा अस्पताल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय युवा संघले आयोजना गरेको बृहत् रक्तदान अभियानको पूर्वमन्त्री एवं संघीय सांसद राजेन्द्रकुमार राईले उद्घाटन गरे । बृहत् रक्तदान अभियानको उद्घाटन गर्दै पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले रक्तदान गर्नु भनेको जीवनदान भएको बताए । रक्तदान गर्दा रगत दिने र आवश्यक पर्दा लिने दुवैलाई फाइदा पुग्ने भएकोले समय–समय रक्तदान गर्नु उपयुक्त हुने धारणा उनले राखे ।

उक्त बृहत् रक्तदान अभियानमा ४८ पिन्ट रगत संकलन भएको राष्ट्रिय युवा संघ धनकुटाका अध्यक्ष देवी राईले बताए । सो अवसरमा युवा संघले धनकुटा अस्पतालका बिरामीहरूलाई फलफूल पनि वितरण गरेको छ। पूर्वमन्त्री राजेन्द्रकुमार राई, एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला, प्रदेश कमिटी सदस्य सावित्रा राई, युवा संघका केन्द्रीय सदस्य राजेश निरौलालगायतले बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेको युवा संघ नेपाल धनकुटाले जनाएको छ ।