मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार o७:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सरकारले रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o७:५२:oo

सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रवीन्द्रलाई प्रोत्साहस्वरूप पाँच लाख रुपैयाँले सम्मान गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने दुई लाखसहित सम्मान गरिने सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । रवीन्द्रले गत साता भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा चोङरङ कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियन उपाधि जितेका थिए ।

उनी यो फाइट जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले यस जितपछि आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधारेका थिए । यसैगरी, कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । यसअघि बझाङका रवीन्द्रलाई काठमाडौं महानगरपालिकाले दुई लाखसहित पुरस्कृत गरेको थियो ।