मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २८ बुधबार १६:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १६:१३:oo

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको रोस्टमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामापत्र नै बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरेबमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।