
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर दुई हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ३०५ रुपैयाँमा कायम भएको थियो ।