
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई बाटो खुला गरिने बताएका छन् । मंगलबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको १०औँ वार्षिकोत्सवमा उनले यस्तो बताएका हुन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा परियोजना निर्माणमा बोर्ड सहजीकरण गर्न तयार रहेको बताए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण र ग्रिड कम्पनी सञ्चालनमा हुनु राम्रो भएको बताए ।
ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले निर्माणाधीन आयोजनाका डिजाइन दस्ताबेजलाई राष्ट्रिय प्रसारणलाइन मापदण्डका रूपमा विकसित गर्दै र ती मापदण्ड कार्यान्वयनतर्फ काम गरिरहेको बताए । विद्युत् नियम आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रसारणलाइन अभाव हटाउन निजी क्षेत्रलाई खुला गरिनुपर्ने बताए ।