
एनआइसी एसिया बैंकका ग्राहकले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा विशेष छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र रिसोर्टबिच सम्झौता भएको छ । जसअनुसार ग्राहकलाई रिसोर्टको सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट हुनेछ । यस्तो छुट खाना तथा पेय पदार्थ, स्पा र आवास सेवामा हुने बैंकले जनाएको छ ।
यो सुविधा उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । रिसोर्टसँगको यस सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।