मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
कैदी राहुल साहको मृत्युपछि प्रदर्शनमा उत्रिएका आफन्त
तिवारी यादव वीरगन्ज
२o८२ श्रावण २८ बुधबार o६:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वीरगन्ज कारागारमा कैदीको मृत्यु प्रकरण, सात सदस्यीय छानबिन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o६:४६:oo

वीरगन्ज कारागारका कैदी राहुल साह तुराहाको उपचारका क्रममा मृत्यु भएको घटनामा सात सदस्यीय छानबिन समिति गठन भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा गठित समितिमा प्रहरी, जनप्रतिनिधि, मानव अधिकारकर्मी, मेडिकल एसोसिएसनका प्रतिनिधि, पत्रकारलगायतलाई समावेश गरी बनाइएको छ । समितिलाई १५ दिनको समय अवधि दिइएको छ ।

कारागारमा हर्ट अट्याक भएर अस्पताल पुर्‍याइएका राहुलको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । वीरगन्ज महानगरपालिका– २५ का साह कर्तव्यज्यान मुद्दामा पाँच वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भुक्तानी गरिरहेको कारागार प्रशासनले जनाएको छ । मंगलबार बिहान १० बजे उपचारका क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको थियो । प्रहरी र स्थानीय प्रशासनको लापरबाहीका कारण राहुलको मृत्यु भएको भन्दै आफन्तले अस्पतालअगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा बिहान ८:३० बजे ल्याएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । अस्पतालमै आइसियूको व्यवस्थापन गरेर थप उपचार गर्नेक्रममा राहुलको मृत्यु भएको उनको भनाइ छ ।