मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १७:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघको गुठी संस्थानसँग लिजमा लिएको जग्गा वकिलहरूको संस्थाले कब्जा गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको प्रादेशिक भवन निर्माणका लागि लिजमा लिएको जग्गा भएको जग्गामा बार एसोसिएसन नेपाल, जनकपुरधामले कब्जा लिन खोजेपछि पत्रकारहरू प्रतिकार गरेका छन्। 

गुठी संस्थानसँग वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँ बुझाउने गरी २० वर्षका लागि लिजमा लिएको जनकपुरस्थित स्वगद्वारीको छेउमा ४ कट्ठा जग्गा बार एसोसिएसन नेपाल जनकपुरधामका पदाधिकारी तथा वकिलहरूले आफू पार्किङ बनाउने भन्दै अतिक्रमण गर्न खोजेपछि पत्रकारहरू प्रतिकार गरेका हुन्। १९ साउनमा नै महासंघ र गुठी संस्थानबिच ४ कट्ठा जग्गाको सम्झौता भएको थियो।

जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएकोमा विभिन्न संघसंस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासंघले भरेको प्रस्ताव पास भएको थियोे।

गुठीले ९ साउनमा जग्गा परेको भन्दै महासंघलाई सम्झौता गर्न पत्रचार गरेका थिए। सोबमोजिम महासंघले  १९ साउनमा गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा सम्झौता भएको थियो।

यता, २० साउनमा बारले एक सूचना जारी गर्दै २१ गतेदेखि भूतनाथ मन्दिरको छेउमा रहेको महासंघ सँग सम्झौता भएको गुठीको जग्गामा कानुन व्यवसायीहरूलाई गाडी पार्किङ गर्न भनेका थिए। 

महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जराले गुठीसँग विधिवत् रूपमा सबै कानुनी प्रक्रिया पूरा गरेर २० वर्षका लागि जग्गाको सम्झौता भएपछि महासंघको गतिशीलतालाई कम गर्न विभिन्न प्रकारको खेल सुरु भएको आरोप लगाए। 

महासंघले प्राप्त गरेको जग्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष बन्जराले बारले यो ठाउँमा कसैले पनि भवन बनाउनुहुँदैन, आउनुहुँदैन भन्ने पूर्वाग्रही ढंगले व्यवहार गरेकाले यो अत्यन्त आपत्तिजनक रहेको टिप्पणी गरे।
उनले बारसँग मौखिक सम्झौतासमेत भएको अवस्थामा अदालतमा रिट हालेको बताए। 

अध्यक्ष बन्जराले अनौपचारिक रूपमा हिजो मात्र यो जग्गामा रिट परेको आफूहरूलाई जानकारी भएको बताए। उनले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको आफूहरूलाई जानकारी भएको बताए। 

‘विद्वान अधिवक्ताहरूले यो ढंगले व्यवहार प्रदर्शन गर्नु, त्यो विद्वतामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ,’ उनले अगाडि भने, ‘कुनै पनि अर्थमा उहाँहरूको यो कामको कुनै पनि नागरिकले यो तहसम्म पुगेर अरूले कानुनी रूपमा प्राप्त गरिसकेको जग्गा आफ्नो भन्नु कहाँसम्मको कुरा हुन्छ।’

अध्यक्ष बन्जराले यो ठाउँमै आफूहरूले प्रदेशको भवन बनाउने बताए। अनावश्यक किचलो सिर्जना गरेर गतिशीलतामाथि अवरोध सिर्जना गरे पनि ५ गते नै यो विषयको टुंगो लाग्नेमा आफूहरूलाई विश्वास रहेको बताए। बन्जराले अदालतले सबैलाई न्याय दिएकाले आफूहरू पनि न्याय पाउनेमा आशावादी रहेको बताए।