मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नेप्से एआई’ एपमार्फत ठगी बढ्दै, सावधानी अपनाउन सिआइबीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘नेप्से एआई’ नामक मोबाइल एपमार्फत हुने ठगी घटनाबारे सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रहरीको साइबर शाखाका अनुसार हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गर्दै सेयर बजारको विश्लेषणमार्फत बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको छ। यसै सन्दर्भमा सिआइबीले चेतावनी जारी गरेको हो।

ब्युरोका अनुसार पीडितलाई उक्त एप डाउनलोड गराएपछि ‘रिमोट सेसन’ खोली मोबाइलमा पहुँच प्राप्त गरिन्छ। केही क्षणमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिन्छ। त्यसपछि मोबाइलमा रहेको सम्पूर्ण डाटा र एपहरूसमेत मेटाइदिने गरिन्छ।

हालैको एक घटनामा, एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनमार्फत उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समयका लागि ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्युरोले जनाएको छ।