
गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित ग्रिल कारखानामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको सो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।