Skip This
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा  चालकको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
रेशम बहादुर खड्का जाजरकोट
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा  चालकको मृत्यु

Read Time : < 1 मिनेट
रेशम बहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
Invalid date format १o:३५:oo

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्युु भएको छ।भेरी नगरपालिका–१ कोलचौरस्थित कल्ले खोलामा सोमबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार भेरी नगरपालिका–१ बस्ने २७/२८ वर्षका चालक सुनिल चदाराको घटनास्थलमै मृत्यु भएको हो।

रुकुम पश्चिमको उदय युवा क्लब, मुसीकोट–१३को नाममा दर्ता भे १ च २२४७ नम्बरको एम्बुलेन्स भीत्री कच्ची सडक खण्डमा करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

वडा अध्यक्ष दीपक रानाले सोमबार बिहान ८ बजेतिर प्रहरीलाई जानकारी गराएका थिए । घटनाको बारेमा जानकारीपछि  प्रहरी नायब निरीक्षक विर बहादुर थापाको कमाण्डमा इलाका प्रहरी पोष्ट रावतगाउँबाट पाँच जनाको टोली खटिएको थियो।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा अर्को टोली समेत गएको छ। उक्त स्थान इलाका प्रहरी पोष्ट रावतगाउँबाट करिब २ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब १२ किलोमिटर उत्तरपूर्वमा पर्छ।