मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली कारागारको बन्दीगृह प्रहरीको नियन्त्रणमा, चार दिनपछि कैदी गणना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

कैदीबन्दीमाथि भएको सांघातिक आक्रमणपछि अशान्त बसेको जिल्ला कारागारमा सुरक्षाकर्मी थुनुवा कक्षभित्र प्रवेश गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै कारागार प्रशासनले बन्दीगृहमा गएर कैदी गणना गरेका हुन्। शुक्रबार रातिदेखि बन्दीगृहमा सुरक्षाकर्मी जान सकेका थिएनन्।

जिल्ला कारागारका अनुसार आज गरिएको गणनामा कारागारको ब्लक ‘ए’ मा तीन सय ९६, ‘बी’मा एक सय ९८ र ब्लक ‘सी’ मा ५७ जना कैदीबन्दी छन्। ब्लक ‘सी’ मा महिला कैदीबन्दी हुन्। शुक्रबार राति कैदीबन्दीको एउटा समूहले अर्को समूहमाथि आक्रमण गरेपछि बन्दीगृहभित्र सुरक्षाकर्मी र कारागारका कर्मचारी जान सकेका थिएनन्।

कैदीबन्दीहरूले बन्दीगृहको मूलगेटमा ग्यास सिलिन्डर राख्दै प्रशासनभित्र पसे ग्यास सिलिन्डरमा आगो लगाएर विस्फोट गरिदिने धम्की दिएका थिए। घटनापछि शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा निकायको टोली थुनुवा कक्षमा जान खोजेको थियो, तर कैदीबन्दीले भित्र जान दिएका थिएनन्।

मानव अधिकार आयोगको टोलीलाई समेत कैदीबन्दीले बन्दीगृह प्रवेश गर्न दिएका थिएनन्। कारागारभित्र सुरक्षाकर्मीसमेत जान सकेका थिएनन्। कैदीबन्दीको छलफलपछि उनीहरू भित्र जान दिन सहमत भएका जेलर जलान्धर भुसालले बताए।

शुक्रबार राति ब्लक ‘ए’ मा रहेका कैदीबन्दीले ब्लक ‘बी’ मा रहेका कैदीबन्दीमाथि आक्रमण गर्दा एकजनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

यही २२ साउनमा पनि कैदीबन्दीबिच झडप भएको थियो। सोही दिनदेखि कारागारमा कैदीबन्दीको गणना हुन सकेको थिएन। कारागारमा हरेक दिन कैदीबन्दीको गणना हुने गरेको छ।