मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोट्याक्टद्वारा निःशुल्क खानेपानी वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोट्याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिरपरिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् ।

रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरूलाई पानी वितरण गर्दै आएको छ।

रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउनेछौँ।

क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।