मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेका सबै सूचकमा वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १८.३० अंकले बढेर दुई हजार ८५०.३७ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेको छ।

आज ३१८ कम्पनीका दुई करोड ५४ लाख तीन हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्सेका सबै उपसमूहको सूचक पनि वृद्धि भएको छ। वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह एक प्रतिशतभन्दा धेरै बढ्दा बाँकी सबै समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

आज सिकलेस हाइड्रोपावर र बरुण हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढ्दा मकर जितुमाया सुरी हाइड्रो सात प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। उन्नति सहकार्य लघुवित्त सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ।