मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
२o८२ श्रावण २० मंगलबार १९:o६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा दोहोरिएका स्वास्थ्यमन्त्री किरण थापाले पदभार ग्रहणसँगै गरे तीन निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १९:o६:oo

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुनः पदभार ग्रहणसँगै डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणका लागि तीन महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्री थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)मार्फत मंगलबार यी निर्णय गरेका हुन्।

निर्णयअनुसार प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास गरिनेछ। यसले स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन मद्दत गर्ने मन्त्रालयले जनाएको छ। मन्त्री थापाले यस प्रणालीले अस्पताल सेवामा सुधार ल्याउने र स्वास्थ्य सेवा प्रवाहलाई तीव्र बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, स्वास्थ्य मन्त्रालय र मातहतका निकायका सवारीसाधनमा जिपिएस प्रणाली जडान गरी व्यवस्थापन र समन्वय सुदृढ गर्ने निर्णय भएको छ। साथै, प्रदेशभरका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणाली लागू गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले यी निर्णयलाई बागमती प्रदेशको डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भएको बताइन्।

यसअघि २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थापा पुनः नवगठित इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिपरिषदमा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन्।