मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format २२:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद

साम्बा हेटौंडामा ५० हजार नगदसहित सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o७:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ हेटौंडामा सम्मानित भएकी छन् । सञ्चारिका समूह नेपाल मकवानपुरले ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रम आयोजना गर्दै उनलाई शनिबार नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङलगायतले साम्बालाई नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लब, इजरायल, भारत र माल्दिभ्सका विभिन्न लिगमा खेलिसकेकी साम्बा हालै न्यूजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन् । अब उनले अस्ट्रेलियाको ए लिग महिला फुटबलको नयाँ सिजनमा खेल्नेछिन् । 

सम्मान कार्यक्रममा साम्बाले अनुशासन, लगनशीलता र अठोटले आफू यहाँसम्म आइपुगेको बताइन् । ‘मैले अझै धेरै अघि बढ्नु छ । म जस्तै धेरैजना फुटबल खेल्न सकून् भन्ने मेरो चाहना छ। त्यसका लागि अनुकूल वातावरण सङ्गै अनुशासन, लगनशीलता र अठोट आवश्यक छ ।