
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका– २८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका– १ घर भएका ३४ वर्षीय बुद्धिबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै एकजनाबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका– १० बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।