मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणीमा फाल हालेर एकजना युवक बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १o:o३:oo

नवलपुरको गैँडाकोट नगरपालिका– २ स्थित नारायणी नदीमा हाम हालेर एकजना युवक बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अन्दाजी २०–२२ वर्षीय युवक पुलबाट नदीमा हाम हालेर बेपत्ता भएका हुन् । 

बिहान सवा ६ बजेतिर बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ । नामथर, वतन नखुलेको पुरुष व्यक्ति साइकल र चप्पल पुलमा छोडी नदीमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी र सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारी चितवनबाट खटिएको गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।