मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १३ मंगलबार १o:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १o:o१:oo

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन–२०८२ सम्पन्न भएको छ । सेल्स कन्भेन्सनमा देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापनलगायत उपस्थित थिए । कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माणलगायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिए ।

चालू आवका लागि ‘वि क्यान’ थिमलाई मूलमन्त्रका रूपमा आत्मसात् गर्दै सम्पूर्ण कर्मचारीहरू एकजुट भएर लक्ष्यप्राप्तिका लागि अघि बढ्ने प्रण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बिमितको हित नै कम्पनीको हित भन्ने मूलमन्त्र लिएर काम गरिरहेको बताए । कार्यक्रममा प्रथम बिमाशुल्क, बिमालेखको बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण र सबैभन्दा बढी दिन नियमित व्यवसाय गर्ने तथा तोकिएको  व्यावसायिक लक्ष्य हासिल गर्ने उत्कृष्ट एक सय २९ कर्मचारीलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।