मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format २१:२१:oo
Read Time : > 1 मिनेट
समाचार

लुम्बिनीका मन्त्रीलाई विद्यार्थीका प्रश्नैप्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२१:oo

नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय देवीनगरमा ‘सामाजिक विकास मन्त्रीसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरिएको छ । आज आयोजित उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहमा अध्ययनरत ११ र १२ का विद्यार्थीले ११ वटा प्रश्न सोधेका थिए ।

विद्यार्थीले शैक्षिक क्षेत्र सुधारका योजनालगायतका विषयमा मन्त्रीसमक्ष प्रश्न राखेका थिए । विद्यार्थीहरू मनिषा खड्का, सुस्मिता केसी, विविशा थापा, सुमन पुरी अंकित खनाल, एलिजा रेग्मी, प्रेम अर्याललगायतले एसइई परीक्षादेखि विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

विद्यार्थीका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशलाई शिक्षाको हव बनाउने नीति तथा कार्यक्रममा प्रदेश सरकारले बनाएको बताए । उनले लुम्बिनी प्रदेशमा ४५३१ विद्यालयमा १२ लाखभन्दा बढी विद्यार्थी लुम्बिनी प्रदेशमा रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिमा शिक्षा सुधार ल्याउन सक्ने व्यक्ति छनोट गराउने गरी अभिभावकलाई सचेत गराउन आग्रह गरे ।

प्रदेशले एसइई परीक्षा सञ्चालन सम्बन्धमा संघीय सरकारले पूर्ण रूपमा अख्तियार दियो भने अहिलेभन्दा राम्रो तरिकाले गर्ने दाबी उनले गरे । प्रदेश सरकारले थुप्रै गौरवका आयोजना सञ्चालन गरेको जसमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको उनले बताए ।

यस्तै  रुपन्देही शैक्षिक हबको रुपमा चिनिएको भन्दै प्रविधिसँग जोड्न कम्तिमा २० वटा नमूना विद्यालयलाई संघीय सरकारसँग मिलेर आइटीसँग जोड्ने योजना रहेको बताए । शिक्षा क्षेत्रमा केहि गर्ने साहस का साथ विद्यालयमा शैक्षिक सुधारमा राम्रो काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापकको प्रशंसा पनि उनले गरे  ।

शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यालयको नवीनतम कार्यहरुप्रति पूर्ण रूपमा सन्तोष र गर्व गरेको बताए । उनले मन्त्रीसँग विद्यार्थी कार्यक्रम अति महत्वपूर्ण कार्यक्रम भएकोले यस्तो अवसर पाउने विद्यार्थीहरू भाग्यमानी भएको पनि बताए। 

कार्यक्रमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यास विद्यालयको भौतिक, शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्षहरू र विद्यालयका सवाल पक्ष र कमजोर पक्षहरूबारे प्रस्तुत राखेका थिए।

बुटवल उपमहानगरपालिका–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा नवीन विद्यार्थी क्लवका अध्यक्ष सुवास पौडेलको सञ्चालनमा सम्पन्न  कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर विष्ट, बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थी, रातो पाटी लुम्बिनी प्रदेश व्युरो प्रमुख तेजेन्द्र केसी, नगर खेलकुद विकास समितिका सदस्य सुजन पुनलगायतको सहभागिता रहेको थियो । विद्यालयमा करिब ५००० विद्यार्थी अध्यनरत छन्।