मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:११:oo

काठमाडौं महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ।

यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक संकेतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लगि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरू गरिने छ। उनका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक संकेत राख्ने तयारी पूरा भएको छ ।

योसँगै कामपाले पैदलयात्री र सवारीचालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिए। सडक संकेत भएको स्थानमा र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रु धेरैलाई ज्ञान छैन, जसका कारण पनि सडकमा पछिल्लो समय सामान्य गल्तीले गर्दा पनि दुर्घटनाको घटना बढिरहेको यसलाई कम गर्न सडकमा नै प्रयोगकर्तालाई जनचेतना दिने हो।

यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ। ट्राफिक कोन, डिभाइडर, सडक टल्कने संकेतसमेत राखेर सुरक्षालाई थप मनबुत बनाउने विश्वास कामपाको छ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ। कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिए।

सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने-जाने समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने गरेका छन्।